बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुरे पहाडको संरक्षण हुनुपर्छ : पूर्वराष्ट्रपति डा यादव

चुरे पहाडको संरक्षण हुनुपर्छ : पूर्वराष्ट्रपति डा यादव

उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महसुस भएको बताए।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन्। उनका पीता कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारे। उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महसुस भएको बताए।

National life

पूर्वराष्ट्रपति डा यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उनको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए।

लोकतान्त्रिक पद्धतिबाट नै समाजलाई परिवर्तन गर्न सकिने विचार बोकेका पिताजी कृष्णप्रसाद कोइराला त्यागी, समाजसेवी, शिक्षाप्रेमी र परिवर्तनका अग्रणी रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले आफू अहिले स्वतन्त्र रहे पनि विद्यार्थी जीवनदेखि लागेको पार्टीबाट नेपालको प्रथम राष्ट्रपति बनेकामा गर्व लागेको धारणा राखे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति डा यादवलाई सम्मानपत्र हस्तान्तरण गर्दै क्षणिक लाभका लागि राजनीतिक गर्ने मानिसबाट समाजले लाभ लिन नसकिने बताए। उनले पिताजी कृष्णप्रसाद कोइरालाको पदमार्गमा हिँड्न सके समाज अझ बलियो र विकसित हुने धारणा राख्दै चुरे पर्वत दोहनको विषयमा सरकार बेखर रहेको बताए।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्व पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगर सहर बसाएको प्रसङ्ग उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न, विकास गर्न र मुलुकमा प्रजातन्त्र ल्याउन पिताजी कोइरालाको योगदानको अपूरणीय रहेको स्मरण गरे।

Shivam cement

कार्यक्रममा परिषद्का अध्यक्ष कविराज न्यौपाने, प्रा डा घनश्यामलाल दास, परिषद् सदस्य विश्वनाथ रिजाल, प्रा डा कुलप्रसाद कोइरालाले सम्बोधन गरेका थिए। यसअघि विराटनगरको बगरगाछी चोकमा स्थापित पिताजी कृष्णप्रसाद कोइरालाको प्रतिमा पूर्वराष्ट्रपतिले अनावरण गरेका थिए।

प्रकाशित: Jun 11, 2022| 20:40 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।