बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसी अघि बढाउन प्रभावित नगरपालिकाले राख्यो ६ वटा माग

एमसीसी अघि बढाउन प्रभावित नगरपालिकाले राख्यो ६ वटा माग

अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत बन्‍ने विद्युत प्रसारण लाइनका लागि प्रसारण केन्द्रको काम अघि बढाउन नगरपालिकाले ६ वटा मागहरु राखेका छन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत बन्‍ने विद्युत प्रसारण लाइनका लागि प्रसारण केन्द्रको काम अघि बढाउन नगरपालिकाले ६ वटा मागहरु राखेका छन्। 

National life

नुवाकोटको बेलकोटगढी नगरपालिकाले एमसीसी परियोजना प्रभावित क्षेत्रको बासिन्दाले आफूहरु सहयोग गर्न तयार रहेको तर, मागहरु पूरा गर्नुपर्ने शर्त राखेका छन्। नगर पालिकाले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको परियोजनालाई सहयोग गर्ने र उक्त परियोजनाको कारण नगरपालिकाले ठूलो परिणाममा कृषि योग्य जमिन गुमाउन परेकोले भएकोले नगरबासीको हितमा काम गर्न माग गरेको छ। 

परियोजनाको नेपालको लागी कार्य गर्ने एमसीए नेपाल र सामाजिक जीवनयापनसम्बन्धी कार्य गर्दै आएको सप्रोस नेपालले  बेलकोटगढीको वडा नम्बर ७ रातमाटेमा एमसीएसँग प्रभावितका लागि जीवनोउपयी काम गर्न आग्रह गरेका हुन्। 

एमसीए नेपालका प्रतिनिधीहरुसँग भेटमा बेलकोटगढी नरपालिकाका मेयर जगतबहादुर लामा लामाले नगरको विकासमा पूर्ण सहयोगी बन्‍न आग्रह गरेका हुन्। 

नगर प्रमुख लामाले  एमसिसि परियोजनाका कारण नगरपालिकाले ठूलो खेतीयोग्य जमिन गुमाउनुका साथै सानाठूला गरी धेरै उद्योगहरु गुमाएकाले आगामी दिनमा नगरबासीको हितमा कार्य गर्नुपर्ने बताएका हुन्। 

Shivam cement

बेलकोटगढी नगरपालिकाले राखेको मागहरु :

१. एमसीसी परियोजनाले वडा नम्बर ७ लगायत १३ वटै वडामा प्रविधिक शिक्षा,स्वास्थ र यतायतमा सहजकर्ता को रुपमा काम गर्नु पर्ने।

२. परियोजनाले नियुक्ति दिने कर्मचारीको हकमा बेलकोटगढिलाई पहिलो प्रथामिकतामा राख्नुपर्ने।

३. भूमिहीनहरुको रुपमा पुगेको बेल्कोटगढि ७ का जनताको निमित्त पुनर्वासको व्यवस्था गर्नुपर्ने।

४. देश संघीय लोकतान्त्रिक गणतन्त्रकोको रुपमा रहेको र सोहि अनुसार राज्यको नेतृत्वदायी भुमिका निर्वाहगरी रहेको अवस्थामा दलित, जनजाति, गरिब, सिमान्तकृत, अल्पसंख्यक भनेर आरक्षण छुट्याउँदा सहिद तथा बेपता परिवारलाई पनि समेटनुपर्ने।

५. एमसीसी परियोजनाको निर्माणाधीन भौतिक संरचना विकास र अन्य कार्यहरुमा आउने बाधा अचर्ना र समस्यामा भोलि स्थानिय सरकारलेनै यसको सहजकर्ताको भूमिका निभाउनु पर्ने।

६. परियोजनाले कम्तिमा पनि नगरभित्रको २ वटा पक्कि सडक निर्माण गर्नुपर्ने ।

प्रकाशित: Jun 11, 2022| 21:40 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।