बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिजुलीको तारमा हिँडिरहेका प्रेमबहादुरको उद्धारका लागि उड्यो सेनाको हेलिकोप्टर

बिजुलीको तारमा हिँडिरहेका प्रेमबहादुरको उद्धारका लागि उड्यो सेनाको हेलिकोप्टर

नुवाकोटमा बिजुलीको तारमा हिँडिरहेका प्रेमबहादुर बिकको उद्धारका लागि सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- नुवाकोटमा बिजुलीको तारमा हिँडिरहेका प्रेमबहादुर बिकको उद्धारका लागि सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ। 

नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय प्रेमबहादुर विक ककनी गाउँपालिकामा शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा पुगेर ओहोरदोहोर गरिरहेका छन्। 

उनलाई ओर्लानका लागि प्रहरी र स्थानीय जनप्रतिनिधिहरुले फकाउने कोशिस गरे पनि उनले मानेका छैनन्। लामो समयदेखि बिजुलीको तारमा हिँडिरहेका उनको उद्धारका लागि शनिबार साँझ ६:३३ मा सेनाको हेलिकोप्टर त्यसतर्फ उडेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्।

उनले भने, 'सेनाको हेलिकोप्टर त्यसतर्फ उडेको छ। अब केही समयमा उद्धारको पक्रिया होला।' 

विक विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द गरिएको थियो। प्रेमबहादुर शनिबार बिहान ककनीको चतुराले भन्‍ने ठाउँबाट विद्युतको पोलमा चढेको र उनलाई विभिन्‍न प्रलोभन देखाउँदा पनि ओर्लिन नमानेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। 

सका कारण घण्टाको १० लाख घाटा लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। 

उनले भने, 'एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ। त्यहाँ कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झर्दैन। मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा पनि भएन।' 

उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ। उनले थपे, ‘काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन यही हो।’

साढे ७ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको घिसिङले बताए। ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं। भारतबाट पनि बिजुली ल्याइएको छ,' घिसिङले भने।

प्रकाशित: Jun 11, 2022| 19:06 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।