बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिजुलीको तारमा प्रेमबहादुर चढेपछि घण्टाको १० लाख घाटा, भारतबाट ल्याएर आपूर्ति

बिजुलीको तारमा प्रेमबहादुर चढेपछि घण्टाको १० लाख घाटा, भारतबाट ल्याएर आपूर्ति

साढे ७ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको घिसिङले बताए। ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं। भारतबाट पनि बिजुली ल्याइएको छ,' घिसिङले भने।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- नुवाकोटको बोलकोटगढी नगरपालिका वडा नम्बर-१३ का प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि हाइटेन्सनमा चढेसँगै त्रिशुली थ्री ए जलविद्युत आयोजना बन्द गरिएको छ। 

विक ककनी गाउँपालिकामा विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द गरिएको थियो। उक्त प्रसारण लाइन बन्द भएपछि साढे ७ घण्टादेखि विद्युत आपूर्ती रोकिएको छ। 

नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरुपमा बन्द गरिएको हो। जसका कारण घण्टाको १० लाख घाटा लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। 

उनले भने, 'एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ। त्यहाँ कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झर्दैन। मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा पनि भएन।' 

उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ। उनले थपे, ‘काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन यही हो।’

साढे ७ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको घिसिङले बताए। ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं। भारतबाट पनि बिजुली ल्याइएको छ,' घिसिङले भने।

दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालु अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको उनको भनाइ छ। ‘हाम्रो दुईवटा सर्किटमा एउटा मात्रै चालु थियो एउटा बन्द थियो’, घिसिङले भने, ती मान्छे चालुमा चढेको भए ठूलो दुर्घटना हुन्थ्यो, बन्दमा चढेकाले हल्लाखल्ला भयो र चालु सर्किट हामीले बन्द गर्नुपर्ने अवस्था आयो।’

प्रेमबहादुर शनिबार बिहान ककनीको चतुराले भन्‍ने ठाउँबाट विद्युतको पोलमा चढेको र उनलाई विभिन्‍न प्रलोभन देखाउँदा पनि ओर्लिन नमानेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। 

उनले नेपाल समयसँगको कुराकानीमा भने, 'बिहान १० बजेतिर पोलमा चढिरहेको देखेपछि विद्युत प्रसारण बन्द गर्न लगाएका थियौं। अहिलेसम्म विद्युत अवरुद्ध भएको छ। उनलाई बियर, मासु र पैसा दिएर फकाउने प्रयास गरिरहेका छ। तर, उनी मानिरहेका छैनन्।'

पैसा मासु र मदिरा देखाएपछि आधा पोलसम्म ओर्लिए पनि फेरि माथि नै उक्लिएको गाउँपालिका अध्यक्ष तामाङले बताए। उनले थपे, 'मासु, पैसा र रक्सी देखाएपछि आधाबाटोसम्म आए। तर, उल्टै आधा पोलसम्म पुगेर तिमीहरुले आफ्नै छोराछोरीलाई पाल्न सकेका छैनौं, मलाई के दिन्थ्यौं भनेर फेरि फर्किए।' 

अहिले स्थानीय र प्रहरीको ठूलो उपस्थिति रहेको छ भने उनलाई ओराल्नका लागि सुरक्षाकर्मीहरुले फकाइरहेका छन्। गाउँपालिका अध्यक्ष तामाङका अनुसार उनी मानसिकरुपमा असन्तुलित व्यक्ति हुन्। 

उनको उद्धारका लागि हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन्। 

प्रकाशित: Jun 11, 2022| 17:39 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।