बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने

आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने

आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो।

National life

उपचारमा ठूलो धनराशि खर्च हुने किसिमका बिरामीलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले उपचार कोष नै स्थापना गरेर अघि बढ्न लागेको जनाएको छ। पछिल्लो समय क्यान्सरका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा उनीहरूको उपचारमा सहज बनाउन गाउँपालिका सरकार, निजी क्षेत्र र आम जनसमुदायको सहकार्यमा उपचार कोष खडा गरिने अध्यक्ष चुमानले जानकारी दिए।

उक्त कोषमा सहयोग गर्न चाहनेलाई गाउँपालिकाले हातेमालो गर्नसमेत अनुरोध गरेको छ। गाउँपालिकाले १५ शय्याको आधुनिक अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। गाउँपालिका कार्यालयले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको हो।

बर्थिङ सेन्टरको क्षेत्रमा जिल्लामै उत्कृष्ट कार्य गर्दै आएको सो गाउँपालिकाले जनाएको छ। बर्थिङ सेन्टरलाई अझ प्रभावकारी बनाउन अल्ट्रासाउण्ड, इसिजी र एक्सरे मेसिन राखेर ‘डि’ ग्रेडको प्रयोगशालालाई ‘सी’ ग्रेड श्रेणीमा परिस्कृत गर्न लागेको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो।

गाउँपालिकाले व्यय व्यहोर्ने गरी ‘क’ श्रेणीका अस्पतालसँग सम्झौता गरी एमडिजिपी र एमबीएस गरेका विशेषज्ञ चिकित्सक ल्याउने लक्ष्य राखेको छ। छिमेकी जिल्ला गोरखा, देवघाट र तनहुँको आँबुखैरेनीलगायतका पालिकाका बासिन्दालाई समेत सहजरूपमा प्रभावकारी सेवा प्रवाह गर्ने योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए।

Shivam cement

प्रकाशित: Jun 11, 2022| 22:15 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।