बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ घण्टादेखि नुवाकोटको हाइटेन्सनमा प्रेमबहादुर, हेलिकोप्टरबाट उद्धारको तयारी

६ घण्टादेखि नुवाकोटको हाइटेन्सनमा प्रेमबहादुर, हेलिकोप्टरबाट उद्धारको तयारी

नुवाकोटको बोलकोटगढी नगरपालिका वडा नम्बर-१३ का प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने गरिरहेका छन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- नुवाकोटको बोलकोटगढी नगरपालिका वडा नम्बर-१३ का प्रेमबहादुर बिक शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने गरिरहेका छन्।

National life

नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय प्रेमबहादुर विक ककनी गाउँपालिकामा  विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढ्न थालेपछि ६० मेगावाटको त्रिशुली थ्री-ए आयोजना नै बन्द गरिएको छ। 

प्रेमबहादुर शनिबार बिहान ककनीको चतुराले भन्‍ने ठाउँबाट विद्युतको पोलमा चढेको र उनलाई विभिन्‍न प्रलोभन देखाउँदा पनि ओर्लिन नमानेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। 

उनले नेपाल समयसँगको कुराकानीमा भने, 'बिहान १० बजेतिर पोलमा चढिरहेको देखेपछि विद्युत प्रसारण बन्द गर्न लगाएका थियौं। अहिलेसम्म विद्युत अवरुद्ध भएको छ। उनलाई बियर, मासु र पैसा दिएर फकाउने प्रयास गरिरहेका छ। तर, उनी मानिरहेका छैनन्।'

पैसा मासु र मदिरा देखाएपछि आधा पोलसम्म ओर्लिए पनि फेरि माथि नै उक्लिएको गाउँपालिका अध्यक्ष तामाङले बताए। उनले थपे, 'मासु, पैसा र रक्सी देखाएपछि आधाबाटोसम्म आए। तर, उल्टै आधा पोलसम्म पुगेर तिमीहरुले आफ्नै छोराछोरीलाई पाल्न सकेका छैनौं, मलाई के दिन्थ्यौं भनेर फेरि फर्किए।' 

Shivam cement

अहिले स्थानीय र प्रहरीको ठूलो उपस्थिति रहेको छ भने उनलाई ओराल्नका लागि सुरक्षाकर्मीहरुले फकाइरहेका छन्। गाउँपालिका अध्यक्ष तामाङका अनुसार उनी मानसिकरुपमा असन्तुलित व्यक्ति हुन्। 

उनले भने, ‘उनलाई ओराल्न पोलमै चढ्दा हामफाल्न सक्ने र ज्यान नै जोखिममा पर्न सक्ने भएकाले प्रहरी पोलमा चढेका छैनन्। अहिले प्रमुख जिल्ला अधिकारीसँग हेलिकोप्टरबाट डोरी झारेर उद्धार गर्ने विषयमा छलफल भइरहेको छ।' 

ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ। उक्त प्रसारण लाइनमा डबल सर्किट छ।

प्रसारण लाइनमा चढेका व्यक्तिलाई करेन्ट लाग्‍न सक्ने डरले त्रिशुली थ्री–ए आयोजना नै बन्द गरेर बस्नुपर्दा काठमाडौंमा विद्युत आपूर्तिमा समस्या हुन थालेको विद्युत प्राधिकरणले बताएको छ।

प्रकाशित: Jun 11, 2022| 16:20 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।