बिहीबार, साउन २१, २०८३

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

दार्चुला- यहाँ एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्।

महाकाली लोकमार्गको गोकुलेश्वर-खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 11, 2022| 17:37 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।