बिहीबार, साउन २१, २०८३

भासिएको सडक एकतर्फीमात्रै सञ्चालन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ। सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ। सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो।

उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो। 

'साना तथा ठूला सबै गाडी चलेका छन्, काम हुँदै गर्दा केही समय रोकेर सवारी पठाउने गरिएकाले केही समय जाम हुने गरेको छ,' उनले भने। सवारीसाधनको चाप रहेको र एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गको आँबुखैरेनी–डुम्रे खण्डमा सवारीको जाम हुने गरेको छ। 

केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा सर्वसाधारणले कष्टकर यात्रा गर्र्नुपरेको छ। 

मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा सडक खन्दा विभिन्न ठाउँमा सडक हिलाम्मे भएपछि सवारी फस्ने गरेका छन्। तनहुँ खण्डका आँबुखैरेनी, डुम्रे, छिर्कने, घाँसीकुवा, म्याग्दे, दुलेगौडालगायतका ठाउँमा सडक बिग्रिएर खाल्डाखुल्डी हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या हुने गरेको छ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बस र व्यास नगरपालिका–१२ मा आज दिउँसो ट्रक फसेका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो। 

प्रकाशित: Jun 11, 2022| 19:19 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।