लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। प्रारम्भिक अनुसन्धानमा सुनारले आत्महत्या गरेको देखिएको थियो तर विस्तृतमा अनुसन्धान गर्दै जाँदा हत्या भएको निष्कर्षमा...
राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन्।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट आउँदै गरेको ग२च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित सात घाइते भएका हुन्।
आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले जनाएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईँ तलामा मृतावस्थामा फेला परेका हुन्।