सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक वर्षमै अख्तियारमा थुप्रिए २४ हजार बढी उजुरीका चाङ

एक वर्षमै अख्तियारमा थुप्रिए २४ हजार बढी उजुरीका चाङ

अख्तियारमा सबैभन्दा बढी करिब ५ हजार उजुरी आव २०७८÷७९ मा लिखित निवेदनमार्फत परेको तथ्यांक।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७८/७९ मा भ्रष्टाचारसम्बन्धी २४ हजार २४१ उजुरी परेका छन्। यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएको अख्तियारको विवरणमा उल्लेख छ। 

National life

हरेक वर्ष अख्तियारमा भ्रष्टाचारसम्बन्धी हजारौंको संख्यामा उजुरी पर्ने गरेका छन्। प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए। 

दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठ्ठी) रहेको छ। गत वर्ष हुलाकमार्फत भ्रष्टाचारसम्बन्धी २ हजार ७६० वटा उजुरी अख्तियारमा परेका थिए। तेस्रोमा इमेलमार्फत आव २०७८/७९ मा २ हजार ७५७ वटा उजुरी परेका छन्। 

प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचारपत्रबाट २९०, फेसबुकमार्फत ९३, भाइबरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १६५, मोबाइल एसएमएसबाट ४, टेलिफोनबाट ७५०, मोबाइल एपबाट १०२ र अन्य स्रोतबाट २ हजार ७१७ वटा उजुरी परेका थिए।

प्रकाशित: Jul 18, 2022| 14:52 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।