सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'हनी ट्रयाप'मा पार्न श्रीमान-श्रीमती नै संलग्न, नक्कली इन्स्पेक्टर पनि पक्राउ

'हनी ट्रयाप'मा पार्न श्रीमान-श्रीमती नै संलग्न, नक्कली इन्स्पेक्टर पनि पक्राउ

महिला बनेर खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाएर भेटघाट गर्ने र विभिन्न मुद्दा लगाई फसाइदिन्छु भन्ने धम्की दिएर पैसा असुली गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- सामाजिक सञ्जालको माध्यमबाट ठगी गरेको आरोप तीन जना पक्राउ परेका छन्। महिला बनेर खाजा खाने बहानामा रेस्टुरेन्टमा बोलाएर भेटघाट गर्ने र विभिन्न मुद्दा लगाई फसाइदिन्छु भन्ने धम्की दिएर पैसा असुली गरेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नपा-६ स्थायी ठेगाना भई हाल काठमाडौं बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत छिन्। यसैगरी कल्पना बस्नेतका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का पनि पक्राउ परेका छन्। 

यसैगरी, सिन्धुली जिल्ला कमलामाई नपा-४ का संजय कार्की छन्। ठगी गर्ने कामका लागि उनीहरूले २८ वर्षीय कार्कीलाई नक्कली प्रहरी निरीक्षकसमेत बनाएका थिए। उनी हाल बालकोट बस्दै आएका थिए। 

'पीडित व्यक्तिको परिवार, नातेदार, साथीभाइहरुलाई सामाजिक सञ्जालमा साथी बनाएर उनीहरूले धम्की दिने गरेको प्रारम्भिक अुनसन्धानमा खुलेको छ,' कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले भने, 'उनीहरूले ठगीकै लागि खड्कालाई नक्कली प्रहरी निरीक्षक पनि बनाएका रहेछन्। प्रहरी निरीक्षकसँग कुराकानी गरेको भन्दै खड्कासँग गरेको कुराकानीको अडियो रेकर्ड गरेको कुरा पठाएर ब्याकमेल गरेको पनि देखिएको छ। अनुसन्धानपछि थप विषय खोतलिन सक्छन्।'

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितलाई धम्की दिएर मोलमोलाई गरेर उनीहरूले रकम असुली गर्दै आएको भन्दै उजुरी परेको थियो। उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jul 18, 2022| 19:29 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।