सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङमा चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

बागलुङमा चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत

चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

National life

बागलुङ- चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई तीन लाख राहत वितरण गरिएको छ। चट्याङबाट गत असार १४ गते ज्यान गुमाएकी बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामकी सुस्मिता पुनको परिवारलाई सो रकम प्रदान गरिएको हो।  

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल नेतृत्वको टोलीले पुनकै निवासमा पुगेर राहत रकम हस्तान्तरण गरेका हुन्।

पुनको परिवारलाई संघीय सरकारले दुई लाख, गण्डकी प्रदेश सरकारले ५० हजार तथा काठेखोला गाउँपालिकाले ५० हजार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।   -रासस


प्रकाशित: Jul 19, 2022| 06:45 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।