सोमबार, जेठ ४, २०८३

सुनका गहनाको सेट र नगद चोरेर भागेका किशोर पक्राउ

विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति उनले सुनका विभिन्न गहना तथा नगद चोरी गरेका थिए।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

मोरङ- सुनका गरगहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। चोरी आरोपमा विराटनगर महानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

National life

विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति उनले सुनका विभिन्न गहना तथा नगद चोरी गरेका थिए। 

उनले १ थान मंगलसूत्र, १ थान सिक्री, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औँठी, १ थान तिलहरी चोरी गरेका थिए। यसका साथै चाँदीको पाउजु र २ थान सिक्री पनि उनले चोरी गरेका थिए। उनीबाट ती सबै सामग्री मोरङ प्रहरीले बरामद गरेको छ। उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ। 

उनीमाथि चोरी कसुरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jul 18, 2022| 14:40 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।