सोमबार, साउन १८, २०८३

मुद्दा हारेका एआईजी पोखरेलले राजीनामा दिए

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएको बताइएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएको बताइएको छ।

पोखरेलको राजीनामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गरेपछि त्यो मन्त्रिपरिषद्मा पुग्नेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै राजीनामा लागू हुनेछ।

सरकारले आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेल सिंहको बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

सिंहको बढुवा बदर गरी आफूलाई आईजीपी बनाउन माग गर्दै पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले खारेज गरिदिएपछि उनको आईजीपी बन्ने बाटो बन्द भएको हो। 

प्रकाशित: Jul 18, 2022| 15:40 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।