सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो?

काठमाडौंबासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो?

राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन्।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन्। सभाको सोमबारको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भनिन्, 'काठमाडौंमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौँवासीले फोहरसँगै पौठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने  हो ?'

National life

फोहरको वर्गीकरण गर्नसक्ने हेटौँडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो। जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशीता लागू हुन नसकेको टिप्पणी गर्दै संघीयता कार्यान्वयनमा जोड दिइन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगर्न आग्रह गरिन्। 

नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरिन्। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले व्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरे। नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भने, 'राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी?' नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरुले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने माग गरे। 

प्रकाशित: Jul 18, 2022| 22:24 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।