सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्जिनियर दिवसको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

इन्जिनियर दिवसको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

६०औं इन्जिनियर दिवसको तयारी पूरा भएको छ। नेपाल इन्जिनियर्स एशोसियसनले सोमबार पत्रकार सम्मेलन मार्फत सोको जानकारी दिएको हो। एशोसिएसनले मंगलबार राजधानीमा बिशेष कार्यक्रम र देशभर विभिन्न कार्यक्रमका साथ दिवश मनाउने तयारी गरेको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं- ६०औं इन्जिनियर दिवसको तयारी पूरा भएको छ। नेपाल इन्जिनियर्स एशोसियसनले सोमबार पत्रकार सम्मेलन मार्फत सोको जानकारी दिएको हो। एशोसिएसनले मंगलबार राजधानीमा बिशेष कार्यक्रम र देशभर विभिन्न कार्यक्रमका साथ दिवश मनाउने तयारी गरेको हो। 

National life

एसोसियनका अध्यक्ष डा. हरि दर्लामीका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मुख्य कार्यक्रम र प्रदेश राजधानी स्थित एशोसिएसनका प्रादेशिक तथा स्थानीय कार्यालयहरुमा रहेको धनगढी,सुर्खेत, बुटवल, पोखरा, हेटौडा, जनकपुर र बिराटनगर र स्थानीय केन्द्र वीरगज, हेटौडा, भरतपुर, दाङ, नेपालगजमा विविध कार्यक्रमहका साथ दिवश मनाउने तयारी रहेको छ। 

नेपाल इन्जिनियर्स एशोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रुपमा विभिन्न कार्यक्रमका साथ मनाँउदै आएको छ। कार्यत्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई सहभागी हुने कार्यक्रम रहको एसोसियसनले जनाएको छ।

दिवसको अवसरमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र सस्थालाई ७ विधामा सम्मान गरिने कार्यक्रम रहेको छ। दिवसको पूर्व संध्यामा सबै प्रदेश केन्द्रहरुमा स्थानीय अनुकूलता अनुसार रक्तदान कार्यक्रम, वृक्षारोपण, सरसफाई, विविध खेलकूदका कार्यक्रमहरु सम्पन्न गरिएका थियो।

प्रकाशित: Jul 18, 2022| 21:29 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।