रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन्। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन्।
अनलाइन पत्रकार सङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै त्यसमा संलग्नमाथि कारबाहीको माग गरेको छ।
वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर...
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
महानगरभित्रका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरकै भएकाले कुनै पनि संघ–संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जोकसैलाई सरकारी सम्पत्तिको नोक्सानी गर्न निषेध।
काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।