आइतबार, वैशाख २७, २०८३

नेपालीलाई सहयोग गर्न माल्टामा परोपकारी संस्था गठन

माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा सहारा बन्ने उद्देश्यका साथ हालै नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन नामक परोपकारी संस्था गठन गरिएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं–  माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा सहारा बन्ने उद्देश्यका साथ हालै नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन नामक परोपकारी संस्था गठन गरिएको छ। भैपरि आउने विविध समस्या समाधान गर्नको लागि ‘हेल्प द नेप्लिज पिपल्स इन माल्टा भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन गठन भएको हो।

National life

एनआरएनए माल्टाका निवर्तमान उपाध्यक्ष एवं व्यवसायी प्रकाश भण्डारीको संयोजकत्वतमा गठन गरिएको संस्थाको उपसंयोजकमा रेमलाल खनाल, जिके शर्मा, प्रकाश थापा, उपेन गिरी, शर्मिला बस्नेत, शुभाष तिमल्सिना, रिना कार्की, प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन् भने सदस्यहरूमा हरिप्रकाश विश्वकर्मा, राजेन्द्र भण्डारी, टिका प्रसाद श्रेष्ठ, तेज माझी, 

गंगा बहादुर पुन, उदय श्रेष्ठ, सन्जिव पौडेल, रोशन सिजापती, अम्वर बिस्ट, राजेन्द्र बिस्ट, राजेश पंगेनी, शंखर खत्री, भगवान थापा, हरि पौडेल, सचिन श्रेष्ठ र लोकराज पौडेल रहेका छन्।

माल्टामा विभिन्न तबरले पुगी बसोबास गरेका जुनसुकै पेशा व्यवसायमा आवद्ध नेपालीहरूलाई समस्यामा परे सक्दो सहयोग गर्ने मुख्य उद्देश्यले संस्था स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए। 

प्रकाशित: Dec 04, 2022| 17:08 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।