आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोर नेपाल र उकेरा डटकमको घटनाबाट हामी जाग्नुपर्छ: आईएफजे सदस्य सिग्देल

किशोर नेपाल र उकेरा डटकमको घटनाबाट हामी जाग्नुपर्छ: आईएफजे सदस्य सिग्देल

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का एसिया प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्‍जाल र युवा पत्रकार केपी ढुंगाना प्रधान सम्पादक रहेको अनलाइन ह्याक गरेको खबरले झस्काएको बताएका छन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का एसिया प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्‍जाल र युवा पत्रकार केपी ढुंगाना प्रधान सम्पादक रहेको अनलाइन ह्याक गरेको खबरले झस्काएको बताएका छन्। 

National life

उनले सामाजिक सञ्‍जालमा लेख्दै यस्ता घटनाले आफूहरु जाग्‍नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘वरिष्ठ पत्रकार किशोर नेपाल र युवा पत्रकार केपी ढुंगानाको सामाजिक सञ्जाल अनि विद्युतीय माध्यम ह्याक गरिनुका साथै अनेक दुःख दिइएको खबरले हामीलाई झस्काएको छ। बेलैमा जाग्‍नुपर्छ कि।’

यसअघि देशको अग्रणी सञ्‍चारमाध्यमहरुमा सम्पादक रहिसकेका किशोर नेपालको सामाजिक सञ्‍जालहरु ह्याक गरिएका छन्। यस्ता घटनाहरु लोकतन्त्रका लागि खतरा हुने पूर्वअध्यक्ष सिग्देलले बताएका छन्। नेपालसमयसँग उनले भने, ‘बरिष्ठ पत्रकार किशोर नेपाल र युवा पत्रकार केपी ढुङ्गानामाथि भएको साइबर आक्रमण भएको निन्दनीय छ। समाजिक सञ्जाल र अनलाइन ह्याक गर्ने जो कोहीलाइ कारबाही गरिनु पर्छ। यस्ता घटनाले अभिव्यक्ति स्वातन्त्रता कुण्ठित गर्छ भने लोकतन्त्रलाई असर पार्छ।’

अक्टोबर २५ मा उनको फेसबुक अचानक बन्द भएको थियो। त्यसयता लगातार उनको ट्वीटर र इन्टाग्राम अकाउन्ट बन्द गरिएको थियो। त्यति मात्र नभएर उनले प्रयोग गर्दै आएको ९८०२०३१८८१ नम्बरको मोबाइल नम्बरसमेत निर्वाचनको दुई दिनअघि बन्द गरिएको पाइएको छ।

आफ्ना सबै अकाउन्ट र मोबाइल नम्बर समेत बन्द भएपछि पत्रकार नेपालले प्रहरीको साइबर ब्यूरोमा पनि उजुरी दिएका छन्। त्यसैगरी यसअघि रवि लामिछानेका गलत कामहरुविरुद्ध समाचार सम्प्रेषण गर्दै आएको उकेरा डटकम पनि ह्याक गरिएको छ।

प्रकाशित: Dec 04, 2022| 18:29 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।