बुधबार, पुस १६, २०८२

चुनावमा मतदान गरेर भारत फर्किनेको लर्को

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।
 |  आइतबार, मंसिर १८, २०७९

रासस

रासस

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।

National life

चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन्।

'स्थानीय स्तरमा रोजगारीको अवसर छैन,' उनले भने, 'गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको संख्या बढेसँगै गाउँमा पुरूषको संख्या पातलिन थालेको हो।'

हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवा भारत जान बाध्य भएको उनको भनाइ छ।

यहाँका प्राय: युवादेखि वृद्धसम्मका धेरैजसो व्यक्ति रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ।

Laxmi sunrise bank

स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकाले मंसिरदेखि फागुनसम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरू बढी हुने यहाँका स्थानीय बताउँछन्।

रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरू भएपछि मात्रै जुम्ला फर्कने गर्छन्। जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायत क्षेत्रमा जाने गरेका छन्।

प्रकाशित: Dec 04, 2022| 07:21 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।