आइतबार, वैशाख २७, २०८३

सामाजिक सञ्जाललाई विषय बनाएर सडक नाटक मञ्चन

सामाजिक सञ्जालमार्फत हुने विकृतिविरुद्ध दर्शना स्कुलले ‘सामाजिक सञ्जाल’ शीर्षकको सडक नाटक मञ्चन गरेको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- सामाजिक सञ्जालमार्फत हुने विकृतिविरुद्ध दर्शना स्कुलले ‘सामाजिक सञ्जाल’ शीर्षकको सडक नाटक मञ्चन गरेको छ। पछिल्लो पुस्तामा सामाजिक सञ्जालको लत र त्यसको प्रभावका कारण हुने दुर्घटनाबाट कसरी बस्ने भन्ने सन्देश दिन खोजिएको नाटक ‘सामाजिक सञ्जाल’मा छ।

National life

सामाजिक सञ्जाल फेस्बुक, ट्विटर, इमो, टिकटकको दुरुपयोग गर्दा के-के हानी नोक्सानी हुन्छ र सही सदुपयोग गर्दा  के-के फाइदा हुन्छ भनेर नाटकमा देखाइएको छ। 

सुरेन्द्र क्षेत्रीको लेखन तथा निर्देशन गरिएको नाटक सामाजिक सञ्जाललाई काठमाडौंको कागेश्वरी मनोहराको विभन्न स्थानमा मञ्चन गरिएको छ। 

नाटकमा आइवा रावना, नुजल दाहाल, सुरज न्यौपाने, रितिक खड्का, प्रकाशको अभिनय रहेको छ। यसअघि पनि दर्शना स्कुलले विद्यार्थीलाई लक्षित गरेर लागूऔषधको प्रयोग नगरौ भनेर सडक नाटक गरेको थियो। दर्शना स्कुलले प्रत्येक वर्ष समाजमा घटेको घटनालाई आधार बनाएर सडक नाटक गर्ने गरेको छ।

प्रकाशित: Dec 04, 2022| 12:48 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।