आइतबार, वैशाख २७, २०८३

माइनस ४ मा झर्‍यो जोमसोमको तापक्रम

मंसिर मध्य लाग्दै गर्दा देशभरको चिसो बढ्दो क्रममा रहेको छ। आज सबैभन्दा बढी चिसो जोमसोममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- मंसिर मध्य लाग्दै गर्दा देशभरको चिसो बढ्दो क्रममा रहेको छ। आज सबैभन्दा बढी चिसो जोमसोममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

आज बिहान साढे ७ बजेको मापनमा सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४ डिग्री रहेको छ। यस्तै, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ रहेको छ।

काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशका पहाडी भूभागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद हिरा भट्टराईले बताइन्।

आज तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Dec 04, 2022| 08:49 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।