आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले नेता गोकुल बास्कोटाको कम्पाउण्डमा शंकास्पद वस्तु फेला

एमाले नेता गोकुल बास्कोटाको कम्पाउण्डमा शंकास्पद वस्तु फेला

नेकपा एमालेका नेता तथा काभ्रेबाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- नेकपा एमालेका नेता तथा काभ्रेबाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको छ।

National life

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला प्रहरीले जनाएको छ। घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएको हो। 

बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको बास्कोटाको स्वकीय सचिव नवराज ढकालले जानकारी दिए। 

प्रहरीले अहिले उच्च सावधानी अपनाएको र सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ।

प्रकाशित: Dec 04, 2022| 08:10 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।