आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा आज यस वर्षंकै कम तापक्रम, सतर्कता अपनाउन आग्रह

काठमाडौंमा आज यस वर्षंकै कम तापक्रम, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको तापक्रम ७ डिग्री मापन गरिएको हो।

मौसमविद हिरा भट्टराई देशभर चिसो बढ्दै गएको र यो केही समय निरन्तर नै रहने बताइन्। तापक्रम घट्ने क्रममा रहेकाले चिसो क्रमशः बढ्दै जाने उनको भनाइ छ।

तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा पनि बढ्दै जानसक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताइन्।

आज बिहान साढे ७ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। यो हालसम्मको सबैभन्दा कम तापक्रम हो।

हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४, जुम्लामा माइनस ३.५, र जिरिमा १.६ रहेको छ।

पानी पर्‍यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईको भनाइ छ। 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भूभागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।  

तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Dec 04, 2022| 08:31 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।