आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते

कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते

कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

National life

धनगढी- कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो। 

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करपछि ३ जना घाइते भएका छन। घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन्। 

घाईते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। ठक्कर दिने स्कारपियो चालक नेपालगन्ज उपमहानगरपालिका १० बस्ने ४१ वर्षीय भुपेन्द्र बिकलाई भने प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: Dec 04, 2022| 07:45 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।