मंगलबार, भदौ १०, २०८२

चुनाव सकेसँगै जाडो छल्न हिँडे मनाङवासी

जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन्।
 |  आइतबार, मंसिर १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

vianetvianet

मनाङ- हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेसी झर्न थालेका छन्। जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन्।

Kumaribank

यस वर्ष निर्वाचनको समय परेकाले जाडो बढ्दै गएको अवस्थामा जिल्ला भित्रिएका मनाङवासी चुनाव सकिएसँगै बेसी झरेका छन्। 

मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौं, पोखरालगायतका स्थानमा जाडो छल्न गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘मनाङवासी जाडोमा हिउँ पर्ने हुँदा चिसोको समस्या टार्न जिल्ला बाहिर जाने गर्दछन्’, उनले भने, ‘यस पटक निर्वाचनले गर्दा अलि ढिला गरी मनाङवासी बेसी झरेका छन्।’

कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेसी जाने समय हो। तर यस पटक  निर्वाचन सकिएपछि झरेका प्रजिअ आचार्यले बताए। ‘हिउँ पर्ने समय भएको छ। चिसो खानेपानी जम्ने गर्दछ। यसले गर्दा पनि बाहिर जाने उहाँहरुको बाध्यता हो’, उनले भने। 

मनाङवासी करिब चार महिनाका लागि जिल्ला बाहिर जाडो छल्न जाने गरेको आचार्य बताउँछन्। ‘खाद्यान्न ढुवानी गर्न, खानेपानी जम्ने भएकाले पनि मनाङवासी बाहिर जान बाध्य हुन्छन्’, उनी भन्छन्। यस सातासम्म पर्यटकको कम मात्रामा भए पनि आवतजावत चलिरहेको उनले बताए। 

Metro Mart

‘केही पर्यटन व्यवसायी भने यहाँ पर्यटकको आवत जावत हुँदासम्म बसोबास गर्नुहुन्छ’, उनले भने, ‘पर्यटक आवतजावत रोकिएको अवस्थामा उनीहरू पनि जिल्ला बाहिर जान सक्ने सम्भावना छ।’ जाडो मौसममा मनाङ प्राय सुनसान रहन्छ।   -रासस


प्रकाशित: Dec 04, 2022| 19:53 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।