संयुक्त विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले भारतीय पक्षले एकतर्फी रुपमा नेपालको सिमालाई आफ्नो भन्दै नक्साङ्कन गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।
प्रदेश सभा सदस्य पदको उपनिर्वाचनका लागि भक्तपुर २ ख मा नेकपाबाट डीपी ढकालको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट कृष्णलाल भडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
क्याम्पसको १६ करोड रूपैयाँ ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति छानबिन सुरु गरिएको छ।
कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले नयाँ रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।
बालविवाह न्यूनिकरण गर्न कर्णालीका पुरोहित (पण्डित) लाई प्रशिक्षण दिइएको छ। कर्णालीका ४ सय ४४ जना पुरोहितहरुलाई सुर्खेतमा बुधबार सामूहिक प्रशिक्षण दिइएको हो।