आइतबार, साउन ३१, २०८३

कांग्रेसले सबै उम्मेदवारको टुंगो लगायो

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सबै उम्मेदवारको टुंगो लगाएको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं - नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सबै उम्मेदवारको टुंगो लगाएको छ।

बुधबार बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन सिटका लागि हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको नाम टुंगो लगाएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै, प्रदेशसभाका लागि हुने उपनिर्वाचनका लागि कांग्रेसले बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशमा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा केशव शर्मा आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को ‘क’ मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: Nov 06, 2019| 11:56 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।