आइतबार, साउन ३१, २०८३

नेपालले आज म्यानमारसँग खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानमारसँग खेल्दै छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानमारसँग खेल्दै छ।

कतारमा हुने फिफा विश्वकप फुटबल छनोट खेलिरहेको नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल्न लागेको हो। खेल म्यानमारको मन्डला थिरी स्टेडियमा नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।

नेपालले सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा म्यानमारसँग पहिलोपटक भेट गरेको थियो। नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल भने पहिलो पटक खेल्न लागेको हो।

भारतको हैदरावादमा भएको एफसी च्यालेन्ज कममा नेपाल म्यानमारसँग ३-० गोलले पराजित भएको थियो। तर, मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिमलाई पराजित गर्दै च्यालेन्ज कपको हारको बदला लिने योजनामा हुनेछ।

युवा खेलाडीको साथ पाएको नेपाल फिफा वरीयतामा आफूभन्दा बलियो म्यानमारलाई उसैको मैदानमा हराउने दाउमा हुनेछ। म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका लागि नियमित दुई सदस्य भने टोलीमा छैनन्।

कप्तान किरण चेम्जोङ भारतीय आइ लिग मिनेर्वा पञ्जावको प्रिसिजनमा व्यस्त रहँदा रोहित चन्द इन्डोनेसियाको आइ लिगमा व्यस्त छन्।

विश्वकप छनोटअन्तर्गत अवे खेल खेलिसकेको नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा खेल्नेछ। यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो।

नेपाल ४ खेलमा ३ अंक जोड्दै समूहको चौंथो स्थानमा छ।

प्रकाशित: Nov 07, 2019| 03:12 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।