आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्रीलाई तत्काल डायलाइसिस गर्नु नपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ ।

स्वास्थ्यमा क्रमश सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था नरहेको चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंहका अनुसार स्वास्थ्यमा सुधार देखिएकाले तत्काल दोस्रो डायलाइसिस गर्नुपर्ने आवश्यकता देखिएको छैन ।

लगातार डायलाइसिस गर्ने अवस्थामा प्रधानमन्त्री नपुगेको जानकारी दिदै उनले बीच–बीचमा स्वास्थ्य परीक्षण गर्ने र केही समस्या देखिए मात्रै फेरि डायलाइसिस गरिने बताइन् । अहिले भने प्रधानमन्त्रीको अवस्था सामान्य बन्दै गएको छ ।

निजी चिकित्सकहरू डा सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहेको बताइएको छ । ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उनीहरूले त्यहाँका चिकित्सकसँग परामर्श गरेका छन् ।

गत साउन र भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रको प्लाज्मा फेरेसिस गरिएको थियो ।

 

प्रकाशित: Nov 07, 2019| 03:05 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।