आइतबार, साउन ३१, २०८३

कीर्ते गरेर साढे चार करोड ठगेकाे आरोपमा ६ पक्राउ

नक्कली कागजात बनाएर साढे चार करोडभन्दा बढी रूपैयाँ ठगेकाे आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

झापा- नक्कली कागजात बनाएर साढे चार करोडभन्दा बढी रूपैयाँ ठगेकाे आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी, इटहरीका एभरेस्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ, बेलबारी-३ का इञ्जिनियर कर्ण चामलिङ, मकवानपुर, हेटौंडा-४ घर भई काठमाडौं-३१, नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं-३, महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन, भण्डारा-९ घर भई काठमाडौं, नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर, गाईघाट घर बताउने काठमाडौं-७, चावहिलमा बस्दै आएका कृष्ण कार्की छन्। 

उनीहरूले काठमाडौं-३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीका लागि बैंकबाट चार करोड ६० लाख रूपैयाँ कर्जा निकालेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

“बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो,” उनले भने, “राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो।”

उनीहरुले झापा कनकाई-९ स्थित कित्ता नं ३५९६ को ०-२-१० बिघा र कित्ता नं ३२७१ को ०-२-० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको प्रवक्ता श्रेष्ठले बताए।

उनीहरूविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय, झापामा उजुरी दर्ता भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित: Nov 07, 2019| 03:41 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।