आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्रको विज्ञप्तिप्रति बाबुरामको टिप्पणी- इँजार फुस्क्यो है !

परराष्ट्रको विज्ञप्तिप्रति बाबुरामको टिप्पणी- इँजार फुस्क्यो है !

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेकाे विषयमा सरकारले जारी गरेको विज्ञप्तीको चैतर्फी आलोचना भएको छ ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं– भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेकाे विषयमा सरकारले जारी गरेको विज्ञप्तिको चैतर्फी आलोचना भएको छ ।

नागरिक समाजका अगुवा र विभिन्न राजनीतिक दलका नेताहरुले सरकारले कमजाेर तरिकाले विज्ञप्ति निकालेको भन्दै विरोध गरेका हुन् ।

नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भू–भागमा रहेको भन्दै बुधबार साँझ विज्ञप्ती जारी गरेको थियो। जुन विज्ञप्तीमा हस्ताक्षर भए पनि जारी गर्नेको नामसमेत छैन। सरकारको यो शैलीलाई धेरैले सरकार भारतसँग डराएको भनेर टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तीले ‘दुईतिहाइ सरकारको धोती खुस्किएको’ भन्दै टिप्पणी गरेका छन्। उनले हस्ताक्षर गर्नसमेत हात कमाएर के सन्देश दिन खोजेको भनेरसमेत प्रश्न गरेका छन् ।

डा भट्टराईले ट्वीटरमा लेखेका छन्– 'चरम‘राष्ट्रवाद’को डंका पिटेर२/३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला? के त्यो हस्ताक्षर हो?हात(वा आँत?) किन काँपेको होला?अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो?इँजार फुस्क्यो है!

नेपाली भुभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मको क्षेत्रलाई आफ्नो बनाएर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यसको चौतर्फी विरोध भएको छ । तर, सरकारले भारत सरकारसँग कुरा गर्न त परको कुरा नक्साप्रति कडा रुपमा प्रतिवाद समेत गर्न सकेको छैन् ।

यस्तो छ परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्ति

प्रकाशित: Nov 07, 2019| 04:09 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।