आइतबार, साउन ३१, २०८३

उपनिर्वाचनका लागि मनोनयन दर्ता आज

आगामी मंसिर १४ गते हुन लागेको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं– आगामी मंसिर १४ गते हुन लागेको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ।

निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म गर्ने कार्यक्रम छ।

कात्तिक २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ तथा दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५२ पदमा उपनिर्वाचन हुन लागेको हो । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदका लागि उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचनमा १०१ राजनीतिक दलले सहभागिता जनाउनेछन् । २०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा ८५ दलले भाग लिएका थिए। अहिले उपनिर्वाचनमा १६ नयाँ दल थपिएका छन्।

आयोगका अनुसार मतदानमा ४ लाख ५४ हजार १ सय १४ मतदाता सहभागी हुँदै छन्।

 

प्रकाशित: Nov 07, 2019| 02:18 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।