आइतबार, साउन ३१, २०८३

वनस्पति संरक्षणमा हातेमालो जरुरी 

विज्ञहरुले वनस्पति तथा प्रकृति संरक्षणमा जोड दिएका छन्। नेपालका पहिलो
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं - विज्ञहरुले वनस्पति तथा प्रकृति संरक्षणमा जोड दिएका छन्। नेपालका पहिलो बोटानिस्ट प्रयागराज पाण्डे फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा वनस्पतिविद् डा. केशवराज राजभण्डारीले वनस्पति विभागको स्थापनामा पाण्डेको विशिष्ट योगदान रहेको बताए।

‘हालसम्म १ लाख ६० हजार प्रजातिका वनस्पतिको अभिलेखीकरण भए पनि त्यो काम अझै टुंगिएको छैन,’ राजभण्डारीले भने, ‘विदेशका संग्रहालयमा भएका नेपाली वनस्पतिको अभिलेखलाई पनि अध्ययन गर्दै नेपाल फ्लोराको कामलाई अघि बढाउनुको विकल्प छैन।’

प्रकृतिविज्ञानविद् डा. महेन्द्र गिरीले नेपालमा प्रकृति विज्ञानको महत्त्व सम्बन्धित निकायले बुझ्न नसकेको बताउँदै यसको उत्थानका लागि विज्ञहरुले आआफ्नो ठाउँबाट पहल गरिरहनुपर्ने बताए। ‘हामीसँग प्राकृतिक सम्पदा छन् भनेर मात्र भएन। त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न पनि योजनाबद्ध ढंगले अघि बढ्न अबेला भइसक्यो,’ गिरी भने।

प्राणीविज्ञान विज्ञ डा. तोरणबहादुर कार्की, वनस्पति विभागका महानिर्देशक धनञ्जय पौडेल, डा. निर्मला गिरी, डा. विज्ञानराज पाण्डेलगायतले आआफ्ना धारणा राखेका थिए। कार्यक्रममा फाउन्डेसनले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो।

प्रकाशित: Nov 07, 2019| 05:09 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।