आइतबार, साउन ३१, २०८३

सुदूरपश्चिम प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले बिहीबार पदभार ग्रहण गरेकी छिन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

धनगढी - सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला पन्तले बिहीबार पदभार ग्रहण गरेकी छिन्।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रदेश प्रमुखले सुदूरपश्चिमेलि जनताको चाहना अनुरुप आफूले काम गर्ने बताइन्। उनले संविधानको अधिनमा रही प्रदेशको विकास र सुशासनका लागि आफूले सहयोग गर्न प्रतिबद्धता व्यक्त गरिन्।

पन्त तत्कालीन माओवादी सम्बद्ध बेपत्ता परिवार समाजकी अध्यक्ष हुन्। उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले बेपत्ता पारेको थियो। अखिल क्रान्तिकारीका नेता ज्ञानेन्द्रलाई सन् २००३ मा पक्राउ गरी बेपत्ता पारिएको थियो।

प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिमा मन्त्री झपट बोहरा, भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालगायतका मन्त्री, उपसभामुख, प्रदेश सभाका सांसद, प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो।

प्रकाशित: Nov 07, 2019| 07:59 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।