आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनोनयन सुरु हुनासाथ कास्की निर्वाचन कार्यालयमा बम विस्फोट

मनोनयन सुरु हुनासाथ कास्की निर्वाचन कार्यालयमा बम विस्फोट

उपनिर्वाचनका लागि मनोनय दर्ता सुरु हुनासाथ कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ। मनोनयकन लागि
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

पोखरा- उपनिर्वाचनका लागि मनोनय दर्ता सुरु हुनासाथ कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ।

मनोनयकन लागि नेकपाकी कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराई कार्यालयमा प्रवेश गर्ने बित्तिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

खराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बिस्फोट भएको वैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले जानकारी दिए ।

बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन।

मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी सुरु भएको छ । निर्वाचनमा भाग लिनको लागि मनोनयन दर्ता गर्न दलका उम्मेदवारहरु कार्यालय पुग्दैछन ।

कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । यसैबीच नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छिन्।

प्रकाशित: Nov 07, 2019| 05:33 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।