आइतबार, साउन ३१, २०८३

१६ करोड ठगी मुद्दामा राज्यमन्त्रीमाथि छानबिन

क्याम्पसको १६ करोड रूपैयाँ ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति छानबिन सुरु गरिएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- क्याम्पसको १६ करोड रूपैयाँ ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति छानबिन सुरु गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रावलविरुद्ध परेको उजुरीका आधारमा छानबिन सुरु गरेको जनाएको छ। विभाग स्रोतका अनुसार रावलको सम्पत्ति छानबिनका लागि एक प्रहरी बरिष्ठ उपरीक्षक नेतृत्वको टोली दुई दिनअघि नै कञ्चनपुर पुगिसकेको छ। विभागमा रावलविरुद्ध सम्पत्ति छानबिनका लागि उजुरी परेको बुझिएको छ।

महेन्द्रनगरको जनज्योति क्याम्पसका सेयर सदस्यसमेत रहेका रावल सहितका ३६ जनाविरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दासमेत परेको छ।

अदालतका अनुसार जनज्योति बहुमुखी क्याम्पसको सेयरवापतको करिब १६ करोड रूपैयाँ ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो। रावल जनज्योती बहुमुखी क्याम्पसका पूर्व अध्यक्षसमेत हुन्।

जिल्ला अदालतका अनुसार भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावल सहितका ३६ जनाविरुद्ध ठगी र कागज किर्ते गरेकोसम्बन्धी मुद्दा दर्ता गरेका हुन्। रावल अहिलेसम्म अदालतमा हाजिर नभएको अदालतका शाखा अधिकृत नवराज पाण्डेले बताए। उनका अनुसार प्रतिवादीका नाममा अदालतले हाजिर हुन सूचना जारी गरेको थियो। तर, दुई जनाबाहेक अरु हाजिर भएका छैनन्।

मुद्दा परेका पर्यटन राज्यमन्त्री रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका ३६ जना क्याम्पसका लगानीकर्ता हुन्। उनीहरूमध्ये अधिकांशले सोही क्याम्पसमा स्थापनाकालदेखि नै अध्यापन समेत गराउँदै आएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा सेयर सदस्यबीच दुई वर्षपहिले सेयरको विषयलाई लिएर विवाद छ।

रावल कंचनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (क)बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुन्।

प्रकाशित: Nov 07, 2019| 04:53 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।