जनकपुरसहितको क्षेत्रमा आज होली मनाइँदै छ। पहाडका जिल्लामा सोमबार र तराई–मधेसकै कतिपय जिल्लामा मंगलबार होली मनाइए पनि जनकपुरमा भने आज मात्र होली मनाउन लागिएको हो।
वितेको एक वर्षमा वार्ता भन्दा सरकारले विप्लवका समुहका नेता कार्यकर्ता पक्राउ गर्नतर्फ ध्यान केन्द्रित गरेको छ । प्रतिबन्ध लगाएपछिको वर्षदिनमा उक्त समुहका एक हजार पाँच सय ७६ नेता–कार्यकर्ता पक्राउ परेका...
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरनजिकै बम विस्फोट भएको छ। भक्तपुरको बालकोटस्थित बाँस्कोटाको घरनजिकैको खुला स्थानमा बुधबार बिहान विस्फोट भएको हो।
निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् ।
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनयन भएका छन्। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा राष्ट्रिय सभा सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।
सुर्खेको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास निकालिने भएको छ। कूल ३० टन क्षमताको परियोजना सुरु गरेर दैनिक सात सय २० केजी फोहोरबाट बायो ग्यास निकालिनेछ। उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिने नगरपालिकाले...
नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ। मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ।
लुकाईछिपाई अवैधरुपमा बाहिरी मुलुकमा रकम लैजान लागेको अवस्थामा एक सिंगापुरका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका ५७ वर्षीय टानजिम चियोजोङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको...