बिहीबार, भदौ ४, २०८३

गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

गैँडाकोट- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज (बुधबार) बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित: Mar 11, 2020| 04:43 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।