काठमाडौं- निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरनजिकै बम विस्फोट भएको छ। भक्तपुरको बालकोटस्थित बाँस्कोटाको घरनजिकैको खुला स्थानमा बुधबार बिहान विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।
बाँस्कोटाको घरलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीको अनुमान छ। यद्यपि, कसले र किन गराएकोबारे खुल्न नसकेको प्रहरीको भनाइ छ।
घटनाबारे बुझ्न प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।