बिहीबार, भदौ ४, २०८३

के छापे आजका दैनिक अखबारले ?

 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले बजारमा माक्समात्रै होइन ग्यासको अभाव भएको विषयलाई मुख्य समाचार बनाएको छ । यतिबेला उपभोत्ताहरुले ११३७ नम्बरमा फोन गरेर गर्ने गुनासो प्राय एउटै छ, 'बजारमा ग्यास र माक्स पाइएन् ।'

हटलाइन नम्बरमा फोन गरेर उपभोक्ताले गरेको गुनासोलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट्ले कोरोनाबाट सबैभन्दा बढि प्रताडित भएको चीन सामान्य बन्दै गएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

आजको कान्तिपुर दैनिकले भने उपभोक्ताले गुनासो गर्ने हटलाइन नम्बर ११३७ हतपती नउठ्ने गरेको र उठेपनि उपभोत्ताको गुनासो सुनवाइ नहुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको फ्री नम्बरमा पछिल्लो समय गुनासो गर्ने उपभोक्ता बढेपनि गुनासो सम्बोधन भने नहुने गरेको समाचारमा उल्लेख छ ।

यस्तै कामका लागि चीनको ताक्लाकोट पुगेका डेढ सय नेपाली अलपत्र परेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । कोरोना संक्रमण फैलने डरले नाका बन्द गरिएपछि कामको खोजीमा चीन पुगेका उनीहरु चाहेर पनि घर फर्कन नपाएको समाचारमा उल्लेख छ ।

आजको नागरिक दैनिकले भने धनुषामा दाइजोमा मोटरसाइकल नपाएपछि विवाह नै रोकिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

यस्तै विप्लव समुहमाथि प्रतिबन्ध लगाएको एक वर्षमा सरकारले वार्ता भन्दा पक्राउमा ध्यान दिएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

आजको नयाँ पत्रिकाले भने महँगा स्कूलका विद्यार्थी भाडाका थोत्रा बसमा शीर्षकमा मुख्य समाचार छापेको छ ।

छोराछोरी पाठशाला, रातो बंगला र सेन्ट मेरिजमा पढ्छन् भनेर बाबुआमाले आफ्नो प्रतिष्ठा बढाउँछन्, तर अबोध बालबालिका सिट च्यातिएका, काँटी निस्किएका र सिसा फुटेका भाडाका बसमा धुलो खाँदै घन्टौँ सकसपूर्ण यात्रा गर्छन्, थोत्रा र फोहोर बसको यात्राले शारीरिक असुविधा मात्र होइन, बालबालिकाको स्वास्थ्यमा जोखिम पनि बढाएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Mar 11, 2020| 01:13 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।