बिहीबार, भदौ ४, २०८३

शाैचालयमा बेहोस भएका नेपालीको कोरियामा मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

धनकुटा- वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ।

मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा मृत्यु भएको हो ।

धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको स्वास्थ्य अवस्था सामान्य रहेपनि शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस उनलाई कोरियामा रहेका नेपालीहरुले अस्पतालसम्म पुर्याएका थिए । तर, अस्पताल लगेको केही समयमै मृत्यु भएको कोरियामा रहेका नेपालीहरुले बताएका छन् ।

करिब १० वर्षअघि कोरिया गएका राईको मृत्युको कारण खुल्न सकेको छैन।

प्रकाशित: Mar 11, 2020| 01:52 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।