बिहीबार, भदौ ४, २०८३

प्रहरी हवल्दारमाथि बलात्कारको आरोप

कपिलबस्तुमा एक महिलामाथि प्रहरीले बलात्कार प्रयास गरेको आरोप लागेको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

भैरहवा - कपिलबस्तुमा एक महिलामाथि प्रहरीले बलात्कार प्रयास गरेको आरोप लागेको छ।

प्रहरी चौकी लबनीमा कार्यरत हवल्दार हेमन्त बहादुर कुमालले एक महिलामाथि बलत्कार प्रयास गरेको भन्दै स्थानीयले प्रहरी चौकी घेरेका छन्। सडकमा माग्दै हिड्ने ती महिला राति स्थानीय बगैचामा सुतिरहेकाबेला ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमालले जबरजस्ती गरेको आरोप महिलाले लगाएकी छिन्।

स्थानीयका अनुसार ती महिला भारतीय नागरिक रहेकी बुझिएको छ। आरोप प्रमाणित भए हवल्दारमाथि ऐन नियमअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए।

यसैगरी रुपन्देहीको कोटहिमाई गाउँपालिकामा पनि २३ वर्षीय अनिल यादवलाई १३ वर्षीय बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक चित्र घलेका अनुसार ती युवाले बालिकालाई जबरजस्ती गरेपछि गाउँलेले पक्राउगरी प्रहरीलाई बुझाएका हुन्। यादव र बालिकाको स्वास्थ्य जाँचका लागि भिम अस्पताल भैरहवा पठाइएको छ।

प्रकाशित: Mar 10, 2020| 15:12 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।