बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा होली उत्सवपछि नुहाउन गएका १५ जनाको डुबेर मृत्यु

भारतमा होली उत्सवपछि नुहाउन गएका १५ जनाको डुबेर मृत्यु

होली उत्सव मनाएपछि रंग पखाल्न गएका १५ जनाको डुबेर मृत्यु भएको छ ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- भारतको ओडिसामा होली उत्सव मनाएपछि रंग पखाल्न गएका १५ जनाको डुबेर मृत्यु भएको छ।

होली मनाएर आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको शव डुबेको अवस्थामा भेटिएको सुरक्षा अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

अहिलेसम्म प्राप्त सूचनाअनुसार कटकमा तीन, भुवनेश्वरस्थित रंगबजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुण्डीको महेन्द्रतनया नदीमा एक, रेढ़ाखोलको सुन्धीमुँडा केनालमा एक व्यक्तिको मृत्यु डुबेर भएको छ।

यस्तै नीलगिरिको सीएडीमलमा एक, सालेपुरको चित्रोत्पला नदीमा एक तथा बारीपदाको जम्भीरामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ।
यसका साथै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ। जसको पहिचान भएको छैन।

विगतका वर्षमा पनि होलीका बेला मादक पदार्थ खाएर नुहाउने क्रममा मृत्युका घटना हुने गरेकाले स्थानीय प्रशासनले नदीमा जान प्रतिबन्ध लगाएको थियो।

तर प्रशासनको प्रतिबन्धलाई बेवास्ता गरेर नदीमा नुहाउन जाँदा दुःखद घटना भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

 

प्रकाशित: Mar 11, 2020| 02:12 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।