बिहीबार, भदौ ४, २०८३

जनकपुरमा आज होली मनाइँदै

जनकपुरसहितको क्षेत्रमा आज होली मनाइँदै छ। पहाडका जिल्लामा सोमबार र तराई–मधेसकै कतिपय जिल्लामा मंगलबार होली मनाइए पनि जनकपुरमा भने आज मात्र होली मनाउन लागिएको हो।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

जनकपुरधाम– जनकपुरसहितको क्षेत्रमा आज होली मनाइँदै छ। पहाडका जिल्लामा सोमबार र तराई–मधेसकै कतिपय जिल्लामा मंगलबार होली मनाइए पनि जनकपुरमा भने आज मात्र होली मनाउन लागिएको हो।

मिथिला मध्यमा परिक्रमाले अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट जनकपुरमा होली मनाउने परम्परा रहे पनि मंगलबार परेकाले आज होली मनाउन लागिएको बताइएको छ। मंगलबार माछामासु बार्ने परम्परा रहेकाले बुधबार होली मनाउन लागिएको हो।

आज धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा होली मनाइँदै छ। एकअर्कालाई रंग, अबिर लगाउँदै पारम्परिक गीत जोगिरा गाएर मनाइने भएकाले जनकपुरमा होलीको विशेष उमंग हुने गरेको छ।

रंगहरूको पर्व होलीमा इष्टमित्र, परिवारका सदस्यहरु एक स्थानमा जम्मा भएर मनोरञ्जन गर्ने परम्परा छ। होलीको अवसरमा जनकपुरको विभिन्न चोकमा मटकाफोर कार्यक्रमको आयोजना गरिएको छ। यहाँका स्थानीय युवा क्लबहरूले हरेक वर्ष होलीमा मटकाफोर प्रतियोगिता आयोजना गर्ने गरेका छन्।

होलीलाई मध्यजनर गरी जनकपुरमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। होलीको बहानामा हुने कुनै प्रकारको अप्रिय घटना रोक्न जिल्ला प्रहरी कार्यालय, धनुषाले विशेष सुरक्षा व्यवस्था बनाइएको जनाएको छ। होलीमा शान्ति सुरक्षा कायम राख्न उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै मापसे चेकजाँचलाई कडा बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नो पुत्र प्रल्हादको ज्यान लिन बहिनी होलिकासँगै आगोमा राखिदिएका थिए। तर, भगवान विष्णुको प्रतापले प्रल्हादलाई केही नभए पनि आगोले नजल्ने वरदान पाएकी होलीकाको जलेर ज्यान गएको किम्बदन्तीसँग होली पर्व जोडिएको छ।

प्रकाशित: Mar 11, 2020| 03:42 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।