बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहरबाट निकालिएको ग्यास पाइपबाट एक हजार घरमा पुर्‍याइने

फोहरबाट निकालिएको ग्यास पाइपबाट एक हजार घरमा पुर्‍याइने

सुर्खेको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास निकालिने भएको छ। कूल ३० टन क्षमताको परियोजना सुरु गरेर दैनिक सात सय २० केजी फोहोरबाट बायो ग्यास निकालिनेछ। उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिने नगरपालिकाले जनाएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

सुर्खेत - सुर्खेको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास निकालिने भएको छ। कूल ३० टन क्षमताको परियोजना सुरु गरेर दैनिक सात सय २० केजी फोहोरबाट बायो ग्यास निकालिनेछ। उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिने नगरपालिकाले जनाएको छ।

फोहोरबाट निकालिएको ग्यासबाट करिब एक हजारबढी अर्थात १३ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। तर, परियोजन सम्पन्न हुनभने एक वर्ष लाग्ने छ। यो परियोजना सम्पन्न गर्न १४ करोड १५ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ। कूल लागतको ४० प्रतिशत (५ करोड ६६ लाख २४ हजार ८ सय) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ। निर्माण कम्पनीले २० वर्षसम्मको सफल परिक्षणपछि परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ।

फोहोरबाट उर्जा निकाल्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र परियोजना निर्माण कम्पनी (केपी व्यवसायिक सेवा प्रालि) बीच मंगलबार (आज) त्रिपक्षीय सम्झौता भएको छ। खुमलटारस्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा त्रिपक्षीय सम्झौता भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए। त्रिपक्षीय सम्झौतामा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देव कुमार सुवेदी तथा आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Mar 10, 2020| 14:12 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।