आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैध तरिकाले रकम लैजान खोज्ने सिंगापुरका नागरिक पक्राउ

अवैध तरिकाले रकम लैजान खोज्ने सिंगापुरका नागरिक पक्राउ

लुकाईछिपाई अवैधरुपमा बाहिरी मुलुकमा रकम लैजान लागेको अवस्थामा एक सिंगापुरका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका ५७ वर्षीय टानजिम चियोजोङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं - लुकाईछिपाई अवैधरुपमा बाहिरी मुलुकमा रकम लैजान लागेको अवस्थामा एक सिंगापुरका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका ५७ वर्षीय टानजिम चियोजोङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा उनले साथमा लिएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

उनलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 10, 2020| 11:42 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।