डा. रमेश आचार्य, रिसर्च स्कलर, ह्वाजोङ विश्वविद्यालय, वुहान, चीन
नेपालका मन्दिरहरुमा दैनिक ठूलो भिडभाड हुन्छ। मन्दिरमा स्वदेशी, विदेशी, रोगी, निरोगी सबै जान्छन्।
मन्दिर मात्र होइन, मस्जिद, गुम्बाजस्ता धेरै धार्मिक स्थलमा खाली खुट्टा हिंड्ने भएकोले त्यहाँ भाइरस संक्रमणको जोखिम उच्च छ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा दैनिक हजारौं मानिस पुग्छन्। मुल मन्दिरमा मात्र नभई पशुपति परिसरमा बाहिर पनि जुत्ता फुकाल्ने प्रचलन छ। खाली खुट्टा हिंडदा संक्रमितको व्यक्तिको शरीरबाट निस्किएको कुनै स्राव (जस्तै थुकको छिटा) अर्को व्यक्तिको खुट्टामा पुग्न सक्छ। जुत्ता लगाउँदा हातमा र प्रकारान्तरले मुखसम्म पुग्ने सम्भावना पनि हुन्छ।
त्यसैले विद्यालय, सभा, सम्मेलन जस्तै मठमन्दिर पनि नोवल कोरोना भाइरस संक्रमणको एक मुख्य स्थान हो। त्यसैले मठ मन्दिरलाई केही समय बन्द गर्ने वा जुत्ता चप्पल नखोल्ने व्यवस्था गर्नु आवश्यक छ। सरकारले यसतर्फ ध्यान दिन नसकेको हो की भन्ने लाग्छ।
रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन
मानिसहरु सामान्य रुघाखोकि लाग्दा कोरोना संक्रमण भयो भन्दै आत्तिने गरेका छन् । चीनमा पनि कोरोना संक्रमण नभएका तर सामान्य रुघाखोकि लागेका मानिसहरु आत्तिंदा हृदयघात हुनेको संंख्या ठूलो छ ।
तर सामान्य रुघाखोकी र ज्वरो आउँदैमा आत्तिनु पर्दैन। यद्यपि, सावधान भने हुनुपर्छ।
संक्रमित व्यक्तिलाई एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो र मुख्य लक्षण हो। त्यस्तै सास फेर्दा असहज हुने र सुख्खा खोकी लागिराखेमा पनि कोरोना संक्रमण शंंका गर्न सकिन्छ।
रुघाखोकी लागेमा घरमा बेग्लै (आइसोलेसनमा) बसेको राम्रो।
कोरोना भाइरस संंक्रमित व्यक्तिबाट अरु तीनदेखि पाँच जनासम्म सर्ने गरेको पाइएको छ। विश्व स्वास्थ्य संंगठनका अनुसार संक्रमित व्यक्तिभन्दा दुई मिटर परै बस्यो भने यो सर्दैन।
तर अमेरिकाको सिडीसी (सेन्ट्रल डिजीज एण्ड प्रिभेन्सन कन्ट्रोल) ले २.५ मिटर भनेको छ । त्यस्तै चाइना डिजीज एण्ड प्रिभेन्सन कन्ट्रोलले ४.५ मिटर भनेको छ।
तन्दरुस्त र निरोगी मानिसहरुलाई कोरोनाको संक्रमणको सम्भावना निकै न्यून हुन्छ। चीनको सन्दर्भमा हेर्ने हो भने पनि कोरोना संक्रमणबाट उच्च रक्तचाप, क्यान्सर, युरिक एसिड, एड्स तथा मधुमेहका बिरामीलाई बढी जोेखिम देखिएको छ।
रोग प्रतिरोधात्क क्षमता कम भएका, औषधि सेवन गरिरहेका र ६० वर्ष उमेरमाथिका व्यक्तिमा चाँडो संक्रमण हुन्छ। त्यसैले त्यस्ता व्यक्तिले भिटामिन सी को प्रयोग गर्नुपर्छ ।
चीनले करिब ४० दिनमै कोरोना संक्रमणलाई धेरै हदसम्म नियन्त्रणमा लिन सफल भएको छ। त्यसैले सर्तकता अपनाउनु नै सबैभन्दा सुरक्षित उपाय हो। नेपालमा पनि सरकारले र व्यक्तिले आ–आफ्नै तरिकाले सर्तकता अपनाउनुपर्दछ।
सरकारले केही सुरक्षाका उपाय त अपनाइसकेको छ तर, यतिले मात्रै पुग्दैन। कोरोनाको शंका लागेका व्यक्तिलाई सरकारले तुरुन्तै सुरक्षित तरिकाले स्वास्थ्य संस्थामा लैजाने व्यवस्था गर्नुपर्दछ।
भिडभाड हुने सपिङ मल, डिपार्टमेन्ट स्टोरहरुमा पनि ज्वारो जाँच्ने व्यवस्था मिलाउनु जरुरी छ।
चीनले कोेरोना संक्रमणपछि तापक्रम रेकर्ड गर्ने नयाँ एप्स निर्माण गरेको थियो, नेपालले पनि त्यस्तो एप्स बनाउन आवश्यक छ ।
मानिहरुले व्यक्तिगत रुपमा पनि घरमा थर्मोमिटर किनेर राख्ने, मास्कको सही प्रयोग गर्ने, बेलाबेला साबुन पानीले हात हुने गर्नुपर्छ। साबुन पानी नपाइने ठाउँमा स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाल्नु पर्छ।
अहिलेसम्मको अनुसन्धान अनुसार कोरोना भाइरस ३० डिग्री भन्दा माथिको तापक्रममा सक्रिय रहँदैन। त्यस्तै, प्रत्यक्ष घाममा दुई घण्टा भन्दा बढी समय सक्रिय रहँदैन त्यसैले सकेसम्म आफ्नो शरीरलाई न्यानो बनाइराख्नु पर्छ।
कुराकानीमा आधारित