निर्माणाधिन राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई भने लकडाउनले खासै असर परेको छैन । सामाजिक दुरी कायम राख्दै ८० जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ ।
वडा कार्यालयमार्फत भइरहेको राहत वितरणमा भेदभाव भएको स्थानीयले आरोप लगाएका छन्। शुक्रबार उपमहानगरपालिकाको वडा नम्बर २४ बसहियामा राहत वितरण गर्दा वास्तविक पीडितलाई काखापाखा गरिएको स्थानीयको भनाइ छ।
कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारबाही गरेको हो।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।