भैरहवा– मर्चवारको कोटहीमाई- १ का एक २५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेब पन्थका अनुसार युवाको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी सुरु गरिएको छ।
उनले भने, 'गाउँमा आउजाउमा कडाइ गरिएको छ । संक्रमितको परिवार सहित ९ जनालाई क्वारेन्टाइनमा लगिएको छ। ’
प्रजिअ पन्थका अनुसार भोलि उनको परिवारको पीसीआर परीक्षण हुनेछ ।